ग्वार्को आओभरपास निर्माणको अन्तिम चरणमा, तस्वीरहरू
ललितपुर : ग्वार्कोमा बनिरहेको ओभरपासमा यही जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको छ। निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ।
आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको छ।
ओभरपास निर्माण सम्झौताको समय सकिएर एक वर्ष म्याद थप हुँदा पनि काम पूरा नहुने देखिएपछि सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट हर्जाना तिराएर काम गराइरहेको छ। सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो। त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो। दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो।
ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन्। ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam