काठमाडौँको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको छटपटी (तस्वीरहरू)
काठमाडौँ : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १५ गतेभित्र ल्याउनुपर्नेमा काठमाडौँ महानगरपालिकाले दुई साता ढिलो गरी ल्याएको छ। आइतबार मेयर बालेन साहले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरिन्।
काठमाडौँ महानगरपालिकामा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण समयमा नीति तथा कार्यक्रम र बजेट नआएको हो।
आज सम्पन्न १७ औं नगरसभामा पनि यो प्रष्ट देखियो। मेयर साहले सम्बोधनका क्रममा उपमेयरलाई मात्र सम्बोधन गरे, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको नामै लिएनन्।
गुरागाईंको छटपटी प्रष्टै देखियो। उनी घरी घडी हेर्ने घरी यताउति हेर्ने गरिरहेका थिए। मेयर र उपमेयर भने घरीघरी एकअर्कातिर तन्किएर कुरा गरिरहेका देखिन्थे। मेयर निस्किएपछि मात्र उनी खुलेका थिए। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam