खण्डहर बनेका मुख्यालयबाट तीन दलको उद्घोष, हामी उठ्नेछौँ
काठमाडौँ : भाद्र २३ र २४ गते काठमाडौंमा भएको जेन जी आन्दोलनमा युवाको मुख्य निशानामा परे तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोडसँगै आगजनी गरेका थिए।
सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्णरूपमा ध्वस्त भएको छ । कार्यालयको प्रमुख प्रवेशद्वारदेखि हरेक कोठामा आगजनी गरिएको थियो। नेपाली कांग्रेसले आजबाट देशभरी भएको प्रदेश कार्यालय र जिल्ला कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्न लागेको हो।
जेन जी आन्दोलन नेकपा एमालेको च्यासलस्थित मुख्यालय पनि खण्डहर बनेको छ। आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट मुख्यालयका अधिकांश संरचना खरानी भएका छन् ।
पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि जेन जी आन्दोलनबाट ध्वस्त भएको छ। आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट कार्यालयको अधिकांश संरचना जलेर नष्ट भएका छन्। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam