सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको भन्दै जेनजी आन्दोलनले न्याय पाउनुपर्ने माग
काठमाडौं : जेनजी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने बताएका छन्। बिहीवार निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गुरुङले आफूहरू ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताएका हुन्।
उनले आफ्ना मागहरू पूरा नभइकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद, घाइतेका मागहरू पूरा हुनुपर्ने बताए। सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको भन्दै जेनजी आन्दोलनले न्याय पाउनुपर्ने माग गरे।
उनले भने, ‘हामी चुनावमा जाँदैनौँ। हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन। यति धेरै मान्छे घाइते, शहीद भएका छन्। गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो। अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ। न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौँ। हाम्रा प्रतिवद्धता पूरा हुन्। हामीले न्याय पाएका छैनौँ। उहाँले न्याय दिने आशा छैन।’
उनले नेपाल सरकारको मात्रै हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए। हरेक नेपालीहरू देश बनाउन आउनुपर्ने बताए। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam