एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ता
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दर्ता भएको छ। एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन्।
दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए। उनले चुनाव जहिले भएता पनि आफूहरू तयार रहेको र यस अन्तर्गत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको बताए।
प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय छ। सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका थिए। एमाले ६६ नम्बरमा दर्ता भएको आचार्यले जानकारी दिए।
यद्यपि एमालेले अहिलेको निकास संसद पुनःस्थापनाबाट मात्रै सम्भव हुने भन्दै आफ्नो शक्ति त्यसमा खर्चिरहेको छ। चुनावका लागि वातावरण नबन्नुका साथै चुनाव भइहाले पनि त्यसले राजनीतिक निकास नदिने तर्क एमालेको छ। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam