टस जितेर ब्याटिङमा उत्रिएको चितवनले ४ विकेट गुमाएर १७६ रन

काठमाडौं : चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङमा उत्रिएको चितवनले ४ विकेट गुमाएर १७६ रन बनायो।

चितवनका लागि डेविड मलनले सर्वाधिक ८० रन बनाए। अर्जुन साउदले ५२ रनको योगदान दिँदा रवि बोपरा र सैफ जैवले क्रमश ३ र ७ रन बनाए। कुशल मल्लले अविजित ३० रन बनाए।

जनकपुरका लागि माझ सदाकत, अनिल साह, रुपेश सिंह र जन निकोल लफ्टी इटनले समान एक एक विकेट लिए। थाहा खबर

TOP