प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ अन्तिम चरणमा
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ ।केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र पर्सि आइतवारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिनुभयो । कुल २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा १ करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।आइतवारसम्म बाँकी ३० लाख मतपत्र छपाइ हुने निर्देशक पौडेलले बताउनुभयो । उहाँका अनुसार छपाइ सकिएका जिल्लाका लागि नेपाली सेनामार्फत मतपत्र ढुवानी शुरू भएको छ । ५८ जिल्लाका १ सय २४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएर ढुवानी भइरहेको हो ।रासस
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam