मोटरसाइकल धनगढीमा दुर्घटना
डडेल्धुराको आलिताल गाउँपालिकाको मोटरसाइकल धनगढीमा दुर्घटनामा परेको छ।हिजो राति अत्रियाबाट धनगढीतर्फ गइरहेको सरकारी नम्बर प्लेटको सुदूरपश्चिम प्रदेश ०१–००१ प १७६२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्रदेश ३ ०१–०२२ प ४३ ९२ नम्बरको कारको पछाडी ठक्कर दिएको थियो।धनगढी उपमहानगरपालिका–४ बोराडाँडी चोकमा भएको दुर्घटनामा गाउँपालिकाका कार्यरत सब–इन्जिनियर सन्तोस बोगटी र आलिताल गाउँपालिका– १ बस्ने खगेन्द्र बोगटी घाइते भएका छन्। खगेन्द्रको माया मेट्रो र सन्तोषको नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।उनीहरुको अवस्था अहिले खतरामुक्त छ। कार चालक धनगढीकै नवराज पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थाहा खबर
जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह
२०८३ कार्तिक १२, बिहीबार ४:४७ गते
काठमाण्डौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी,…



ghanashyam