रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दिन लागेको अभिमुखीकरण बुधबारसम्म
ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा केहीबेरअघि शुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभिमुखीकरण कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साह पुगेका छैनन्।उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर कार्यक्रम उद्घाटन गरे। अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको बताए।‘स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यवस्तताका कारण दुवै जना उपस्थित नहुनुभएको हो,’ उनले भने, ‘समापनअघि उपस्थित गराउने प्रयास गर्नेछौँ।’रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दिन लागेको अभिमुखीकरण बुधबारसम्म चल्नेछ। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam