बाथ रोग : समयमै थाहा पाए डराउनु पर्दैन
काठमाडौँ : धेरै चर्चा नगरिने तर धेरैलाई सताउने एउटा स्वास्थ्य स्वास्थ्य समस्या हो ‘बाथ’। कुनै सरुवा रोग नभए पनि शरीरको प्रतिरक्षा प्रणालीमा आउने समस्याका कारण बाथ देखिन्छ।
नेपालमा हालसम्म सरकारी तथ्यांकमा कति बिरामी छन् भन्ने यकिन विवरण नभए पनि पछिल्ला वर्षहरूमा बढ्न थालेको यसको उपचारमा संलग्न चिकित्सक बताउँछन्।
बाथले शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्तिले शरीरलाई हानि गर्ने किटाणु र खराब कोषलाई नष्ट गर्छ।
यसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र विभिन्न खालका स्वास्थ्य समस्या देखिन्छ। जोर्नी दुखाइसम्बन्धी समस्या धेरै हुने बाथ पनि त्यस्तै एक स्वास्थ्य समस्या हो।
बाथ ठ्याक्कै के कारणले हुन्छ भनेर भन्न नसकिए नेपालमा युरिक एसिड बाथ भएका बिरामी नेपालमा धेरै छन्। प्रोटिनको मात्रा भएको खानेकुरा खाने गर्नाले हुने गरेको पाइएको वरिष्ठ बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ता। ‘बाथ भनेको सरुवारोग होइन एक किसिमको अटोइम्यून रोग हो। तर हाम्रोमा सबैभन्दा धेरै युरिक एसिड बाथ भएका बिरामीहरू धेरै भेटिनु हुन्छ जुन प्रोटिनयुक्त खानेकुरा धेरै खादा पनि देखिन सक्छ’, डा गुप्ताले भने।
बिहान उठ्दा जोर्नीहरू दुख्छ। शरीर कर्कश हुन्छ,मेरुदण्ड तथा हातखुट्टाका जोर्नी दुख्छ। शरीर अरठ्ठ हुने जस्ता जस्ता स्वास्थ्य समस्याहरू शरीरमा लामो समयसम्म देखिन्छ भने कतै बाथ रोग त होइन भनेर एक पटक परीक्षण गर्नु पर्ने डा. गुप्ता बताउँछन्।
बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने बाथ रोग एकपटक देखिएपछि पूरै सञ्चो हुने स्वास्थ्य समस्या होइन। तर यसले शरीरमा पारेको अप्ठ्यारा न्यूनीकरण गर्न सकिन्छ। यसका लागि विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा भने बस्नु पर्छ।
यसको उपचार पनि यसको प्रकार र शरीरको कुन भागमा सबैभन्दा धेरै असर गरेको छ‚ सोही अनुसार हुने डा. गुप्ताको भनाइ छ।
बाथ हरेक उमेर समूहमा हुनसक्छ। फरक भनेको यत्ति हो कि कसलाई कुन प्रकारको बाथ हुने सम्भावना छ, त्यो दर फरक हुने हो। बच्चाहरूलाई पनि गठिया बाथ, मेरुदण्डको बाथ, लुप्पस उत्तिकै हुन्छ।
४० कटेका मानिसमा प्रायजसो देखिने भनेको हड्डी खिइने बाथ देखिन्छ। जस्तै अर्थोराइटेस, स्पाइनको डिजेनेरिटिभ डिजिजहरू बढी मात्रामा देखिने भनेको गठिया बाथ हो। गठिया बाथ प्रायजसो युवावस्थामा देखिन्छ। महिलामा बढी देखिन्छ। यो ४० कटेका महिलामा बढी देखिन्छ। पुरुषहरूको कुरा गर्दा ३५ वा ४० भन्दा माथिको पुरुषहरूमा युरिक एसिडको बाथ वा गाउट बढी देखिन्छ। विभिन्न प्रकारको बाथको आ–आफ्नो निश्चित उमेरमा हुन्छ। कुनै बाथ सानो, तन्नेरी उमेरमा बढी देखिन्छ त कुनै ४० पछि र ६० पछि पनि बढी देखिन्छ। कुन प्रकारको बाथ हो त्यसमा निर्भर रहन्छ।
मेरुदण्ड बाथको कुरा गर्दा मेरुदण्ड दुख्ने, कम्मर दुख्ने, विशेष गरी राति एक निद्रा सुतिसकेपछि मध्यरातदेखि कम्मर दुखाइ शुरु हुने, बिहानपख कम्मर अरट्ठ हुने, काम गर्न गाह्रो हुने, यो पनि मेरुदण्डको बाथको लक्षण हो।
मांसपेसी बाथको कुरा गर्दा मांसपेसी जताजता छ, शरीरको चारैतिर दुखाइ हुने, मांसपेसी कटकट खाने, बिहान उठेदेखि जाँगर नचल्ने, मासु अरट्ठो भएर बसेको जस्तो हुने, बारम्बार टाउको दुख्ने यस्तो लक्षण हुनसक्छ। बाथ विभिन्न प्रकारको भएकाले लक्षण पनि भिन्नभिन्नै हुनसक्छ।
बाथले कुनै पनि अंग समात्न सक्ने हुनाले आँखा समात्यो भने आँखा रातो हुने, दुख्ने, आँखा सुक्खा हुने, आँखा देख्नमा कमजोर हुन सक्छ। मुख सुक्खा हुने, बारम्बार प्यास लाग्ने, किड्नीमा आक्रान्त गरेमा पिसाबमा प्रोटिन जाने, रगत सञ्चालन गर्नेमा आक्रान्त गरे बास्कोलाइटिस हुनसक्छ।
बाथ रोग बाट हुने स्वास्थ्य जटिलताहरूलाई न्यूनीकरण गर्न तथा बाथ हुँनैनदिन गर्न सकिने उपायहरूको बारेमा सचेतना जगाउन हरेक वर्ष अक्टोबर १२ मा विश्व बाथ रोग दिवस मनाइन्छ।
यो वर्ष ‘सपना साकार गरौँ’, नाराका विश्वभर बाथ रोग दिवस मनाइँदै छ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam