स्थानीय तहको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न चार तहको परीक्षा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनमा परम्परागत ‘नेताको मनोमानी र कोठाभित्रबाट टिकट वितरण’ अन्त्य गर्ने दाबीसहित ‘उम्मेदवार छनोट रूपरेखा’ सार्वजनिक गरेको छ ।

पार्टीको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ को परिच्छेद-९ अन्तर्गत राखिएको विशेष व्यवस्थाले यस्तो व्यवस्था गरेको हो। रूपरेखाअनुसार अब पार्टीबाट पालिका प्रमुखरउपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार बन्न चार चरण पार गर्नुपर्नेछ ।

उम्मेदवार बन्न चाहने आकांक्षीहरूले पाउने टिकट १०० पूर्णाङ्कको समग्र मूल्याङ्कनका आधारमा तय हुने जनाइएको छ।vv

TOP