बर्दियामा छोराको कुटपिटबाट बुवाको मृत्यु
९ कात्तिक, काठमाडौं । बर्दियामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । राजापुर नगरपालिका-३ का ५५ वर्षीय कालुराम थारुको आइतबार राति छोराको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
कालुरामलाई उनका छोरा राजेन्द्रले राति ११ बजे कुटपिट गरेका थिए । घाइते भएका कालुरामलाई स्थानीय स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगञ्ज पुर्यायएको थियो । त्यही चिकित्सकले मृत घोषणा गरेका थिए ।
कुटपिटमा संलग्न राजेन्द्रलाई प्रहरीले राति नै नियन्त्रणमा लिइसकेको जनाएको छ ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam