गेस्ट हाउसबाट ब्राउन सुगरसहित २ जना पक्राउ
१० कात्तिक, काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फालेलुङ- ५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन् ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार काठमाडौं महानगरपालिका -३२ स्थित विश्राम गेस्ट हाउसबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
गए राति सशस्त्र प्रहरीको टोलीले उनीहरूको साथबाट १ सय २० ग्राम ब्राउन सुगर सहित उनीहरूलाईज्ञ नियन्त्रणमा लिएको उनले बताए । उनका अनुसार गेस्ट हाउबाट ब्राउन सुगर बिक्री गरिरहेका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam