विजयनगरमा स्वास्थ्य संस्थाको सामाजिक लेखापरीक्षण, पत्थरदेइयाबाट सुरु
सुशीला मिश्र
(विजयनगर) कपिलवस्तु, ११ कार्तिक ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-३ अवस्थित पत्थरदेइया स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । विजयनगर गाउँपालिकाको आयोजना तथा कपिलवस्तु जागरण बिजनेस प्रालिको प्राविधिक सहयोगमा सामाजिक लेखा परीक्षण गरिएको हो ।
गाउँपालिकाभित्र सञ्चालित बाँकी ७ ओटा स्वास्थ्य संस्थाकाे क्रमशः सामाजिक लेखा परीक्षण गरिनेछ । कार्यक्रममा स्थानीय नागरिकले स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउन माग गरेका छन् ।
कार्यक्रममा सहभागी नागरिकले एम्बुलेन्स सेवा सहज बनाउन, रगत परीक्षणको व्यवस्था प्रभावकारी बनाउन तथा स्वास्थ्य चौकीबाट प्रदान गरिने समग्र सेवा प्रवाहलाई थप दुरुस्त र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले नागरिकले समयमै सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले सामाजिक लेखापरीक्षणले स्वास्थ्य संस्थाको सेवा प्रवाहमा रहेका समस्या पहिचान गर्न तथा सुधारका उपाय खोज्न सहयोग पुग्ने बताए । उनले सेवाग्राहीका सुझाव र गुनासालाई सम्बोधन गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष हृदय विकास चौधरीले स्थानीय नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने बताउँदै स्वास्थ्य संस्थाको सेवा सुधारका लागि आवश्यक पहल गर्नुपर्ने धारणा राखे । वडा सदस्य मोहम्मद सईले स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि गर्न स्थानीय समुदायको सहभागिता र निगरानी महत्त्वपूर्ण हुने बताए ।
पत्थरदेइया स्वास्थ्य चौकीका प्रमुख वीरेन्द्र कुमार चौधरीले स्वास्थ्य चौकीबाट प्रदान भइरहेका सेवाबारे जानकारी गराउँदै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन आवश्यक सहकार्यमा जोड दिए । सामाजिक लेखापरीक्षणमार्फत नागरिकका सुझाव, गुनासा तथा अपेक्षा संकलन गरी स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई लेखा परीक्षक तुलसीराम यादवकाे सहजीकरण, शत्रुघन खरबिन्दले नागरिक प्रतिवेदन प्रस्तुत र निरहु यादवकाे सञ्चालन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहायक लेखा अधिकृत जीवलाल पाण्डे, सहायक प्रशासन अधिकृत, लिलाराम साेमै, स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी, समाजसेवी सुनिल चाैधरी, देवेन्द्र मणि त्रिपाठी लगायतकाे उपस्थिति थियोे ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam