कपिलवस्तुकाे कृष्णनगरमा २२ लाखभन्दा बढी मूल्यका सेक्स टोय बरामद

कृष्णनगर, १२ कार्तिक ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ महेन्द्र पार्क नजिकबाट प्रहरीले २२ लाख रुपैयाँ भन्दा बढी मूल्यका सेक्स टोय (यौन खेलौना) बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले बुधबार बिहान साढे ११ बजे बेवारिसे अवस्थामा उक्त सामान फेला पारेको हो ।

प्रहरीका अनुसार बरामद गरिएका सामानको कुल मूल्य २२ लाख ९२ हजार १०० रुपैयाँ रहेको छ । बरामद सामान आवश्यक कारवाही तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TOP