विजयनगरमा भाेलि रक्तदान कार्यक्रम हुँदै, रक्तदान गर्न गाउँपालिकाको आग्रह

घनश्याम भर

विजयनगर, १९ कार्तिक ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा भाेलि रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ‘रक्तदान जीवनदान, तपाईंको एक थोपा रगत कसैको नयाँ जीवन’ भन्ने सन्देशसहित गाउँपालिकाको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

गाउँपालिकाकाे वडा नम्बर ६ बद्धाैरमा रहेकाे आधारभूत स्वास्थ्य सेवा अस्पतालमा बिहान ९ बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा युवा परिषद् विजयनगर गाउँपालिकाले समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रूपन्देहीले प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हाे ।

रक्त अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी भई रक्तदान गर्न गाउँपालिकाले सबैलाई आग्रह गरेको छ ।

रक्तदान मानवीय सेवाको महत्वपूर्ण कार्य भएकाले इच्छुक तथा स्वस्थ व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई मानवताको सेवामा योगदान पुर्‍याउन आयोजकले अनुरोध गरेको छ ।

 

 

TOP