कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक गम्भीर घाइते

जानु पाण्डे

कपिलवस्तु, कात्तिक १६ गते । कपिलवस्तुमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते र एक जनाको मृत्यु भएको छ ।

सोमबार साँझ करिब ४ः५५ बजे कपिलवस्तु नगरपालिका–६ थुनुवा चोकस्थित जितपुर–तौलिहवा सडकखण्डमा स्काई लार्क बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।

ओदारीबाट तौलिहवातर्फ आउँदै गरेको लु १ ख ८६४३ नम्बरको स्कुल बसले थुमुवा गाउँबाट राजमार्गतर्फ निस्कँदै गरेको यूपी ५५ एल ०४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार स्थानिय ६५ वर्षीय मुस्तकीन मुसलमानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मुसलमानलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले साँझ ५ः१५ बजे उनलाई मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक सोही स्थानका ५५ वर्षीय मजर हुसेन घाइते भएका छन् । उनको टाउको, दुवै हात र खुट्टामा चोट लागेको छ । जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र बस चालक बाणगंगा नगरपालिका–११ निवासी ३१ वर्षीय गोविन्द थारुलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु
२०८३ कार्तिक १६, सोमबार ३:३४ गते

एजेन्सी काठमाडौंः अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौजनाको मृत्यु भएको छ। अमेरिकी यातायात…

TOP