अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु
एजेन्सी
काठमाडौंः अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौजनाको मृत्यु भएको छ।
अमेरिकी यातायात मन्त्रीका अनुसार दुर्घटना पाम बीच काउन्टीको धनी आवासीय क्षेत्र क्रेस्टहेभननजिकै स्थानीय समयअनुसार दिउँसो करिब १२ः५० बजे भएको हो। यो स्थान राष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट मार–ए–लागोबाट करिब १४ किलोमिटर टाढा पर्छ।
TVS Nepal
Global ime bank
TATA Loconav
दुर्घटनास्थलका तस्बिरमा आवासीय सडकमा ठूलो खाल्डो परेको र त्यहाँ आगोको ज्वालासँगै लियरजेट ६० विमानका टुक्रा छरिएको देखिन्छ। अमरिकाको संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार उक्त विमान टेक्सासको अस्टिनबाट उडेर बहामासतर्फ जाँदै थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएको अपुष्ट भिडियोमा उपनगरीय आवासीय सडकमा गाडीहरू गुडिरहेका बेला विमान लगभग ठाडो रूपमा जमिनमा खसेर ठूलो आगोको गोलामा परिणत भएको देखिन्छ।
फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले दुर्घटनापछि आयोजित पत्रकार सम्मेलनमा दृश्य निकै भयावह रहेको बताए। विमानमा को–को सवार थिए भन्ने अझै स्पष्ट भएको छैन। दुर्घटनामा जमिनमा रहेका अन्य व्यक्ति हताहत भएको विवरण प्राप्त नभएको गभर्नर डिसान्टिसले बताए।
-
विवादित न्यायाधीशबारे छलफल गर्न सर्वोच्चको पूर्ण बैठक आज
-
आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून
-
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
-
चिनियाँ कम्युनिस्ट पार्टीले अधिकारीहरूमाथि निगरानी बढाउने
-
अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु
कपिलवस्तुमा दुई राउन्ड हवाई फायर गरेर ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
२०८३ कार्तिक १५, आईतवार ११:०८ गते
जानु पाण्डे कपिलवस्तु, कात्तिक १६ गते । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ राजापानीमा लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड…



ghanashyam