नेपाल लाइफको इक्रा रेटिङ ‘AA’ मा स्तरोन्नति
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको इश्युअर रेटिङ [ICRANP-IR] AA− बाट [ICRANP-IR] AA मा स्तरोन्नति भएको छ।
इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति, सञ्चालन क्षमता तथा व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ स्तरोन्नति गरेको हो।
इक्रा नेपालका अनुसार [ICRANP-IR] AA रेटिङ प्राप्त संस्थाहरू वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षा तथा अत्यन्त न्यून क्रेडिट जोखिम भएका संस्थाका रूपमा हेरिन्छन्।
यसअघि नेपाल लाइफ जीवन बीमा क्षेत्रमै इक्रा नेपालबाट डबल ए माइनस (AA−) रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको थियो।
उक्त रेटिङ थप एक तह माथि उक्लिँदै डबल ए (AA) मा स्तरोन्नति हुनु कम्पनीको निरन्तर वित्तीय सुदृढीकरण र संस्थागत उत्कृष्टताको महत्वपूर्ण उपलब्धि हो।
इक्रा नेपालको पछिल्लो मूल्याङ्कनअनुसार कम्पनीको सोल्भेन्सी अनुपात अघिल्लो अवधिको करिब १४५ प्रतिशतबाट सुधार भई करिब १५४ प्रतिशत पुगेको छ, जुन नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा माथि हो। कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्दै मुद्दती निक्षेपमा रहेको लगानी एकाग्रता घटाई लगानी पोर्टफोलियोलाई थप विविधीकृत र सुदृढ बनाएको छ।
आ.व. २०२५/२६ मा कुल बीमा शुल्क आर्जनका आधारमा कम्पनीको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ। कम्पनीले सो अवधिमा करिब रु. ५४ अर्ब बीमा शुल्क आर्जन गरेको छ भने जीवन बीमा कोष करिब रु. २७३ अर्ब र पोलिसी लोनसहित कुल लगानी करिब रु. २८५ अर्ब पुगेको छ।
यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रेटिङ स्तरोन्नतिलाई कम्पनीको निरन्तर सुधार, संस्थागत सुशासन, वित्तीय अनुशासन तथा सम्पूर्ण सरोकारवालाको विश्वासको प्रतिफलका रूपमा लिएको बताए।
उनले भने, ‘डबल ए (AA-) माइनसबाट डबल ए (AA) मा भएको यो स्तरोन्नति नेपाल लाइफको निरन्तर उत्कृष्टता, वित्तीय सुदृढता र दीर्घकालीन प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि हो। यसले हामीलाई अझ जिम्मेवार, सुदृढ र दिगो संस्थाका रूपमा अगाडि बढ्न थप प्रेरित गरेको छ।‘
-
विजयनगरमा नागरिक सुनुवाई : शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रतिबद्धता
-
नेपाल लाइफको इक्रा रेटिङ ‘AA’ मा स्तरोन्नति
-
११ मंसिरदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै
-
उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी
-
भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै, प्रधानमन्त्रीसँग पनि भेट्ने
कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
२०८३ कार्तिक १८, बुधबार ६:१३ गते
कपिलवस्तु, कात्तिक १८ गते । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा खसीबजारमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम…



ghanashyam