कृष्णनगरमा २ सय ६९ घरपरिवारको वर्षौंदेखिको प्रतीक्षा पूरा
कृष्णनगर, १९ कार्तिक ।
वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाणित गर्ने कागजातको प्रतीक्षामा रहेका कपिलवस्तुको कृष्णनगरका २ सय ६९ घरजग्गाधनीले अन्ततः लालपुर्जा प्राप्त गरेका छन् । लामो समयदेखि लालपुर्जाविहीन अवस्थामा रहेका स्थानीयवासीका लागि बिहीबारको दिन खुसी र राहतको अवसर बनेको छ ।
कृष्णनगर नगरपालिकाका वडा नं. १, ७ र ९ अन्तर्गतका गाउँब्लक जग्गाधनीलाई लक्षित गरी जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो । कृष्णनगर नगरपालिका र नापी कार्यालय कपिलवस्तुको संयुक्त आयोजनामा वडा नं. ९ को कार्यालय परिसरमा कार्यक्रम गरी प्रमाणपुर्जा वितरण गरिएको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिए ।
जग्गा लामो समयदेखि भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासीले लालपुर्जा पाएसँगै आफ्नो जग्गाको औपचारिक पहिचान प्राप्त गरेका छन् ।
कार्यक्रममा नगर उपप्रमुख आरती देवी चौधरी, जनप्रतिनिधि, नापी कार्यालयका प्रमुख तथा कर्मचारी, स्थानीय अगुवा र जग्गाधनीहरूको उपस्थिति रहेको थियो ।
-
विजयनगरमा भाेलि रक्तदान कार्यक्रम हुँदै, रक्तदान गर्न गाउँपालिकाको आग्रह
-
कृष्णनगरमा २ सय ६९ घरपरिवारको वर्षौंदेखिको प्रतीक्षा पूरा
-
विजयनगरमा नागरिक सुनुवाई : शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रतिबद्धता
-
नेपाल लाइफको इक्रा रेटिङ ‘AA’ मा स्तरोन्नति
-
११ मंसिरदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै
उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी
२०८३ कार्तिक १८, बुधबार ७:३७ गते
उदयपुर : उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ। साठ्ठी जनाको क्षमता…
भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै, प्रधानमन्त्रीसँग पनि भेट्ने
२०८३ कार्तिक १८, बुधबार ७:३५ गते



ghanashyam