प्रधानमन्त्री अस्वस्थ, नेकपा सचिवालय बैठक स्थगित
३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वदेश फर्किएका थिए । विमानस्थलमा कुनै प्रतिक्रिया नदिएका उनले ‘म ठीक छु’ भन्दै ट्वीट गरेका थिए ।
तर आज बिहीबार बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको अस्वस्थका कारण स्थगित भएको छ । बैठकका लागि नेताहरु बालुवाटारसमेत पुगेका थिए ।
एक नेताकाअनुसार ओली बैठक स्थलमा नै आएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माथिल्लो तलमा गएर आराम गरिरहेका ओलीलाई भेटेका थिए । ‘ज्वरो आएको छ र जीउ दुखेको छु भन्नुभएको छ’, एक नेताले भने ।
कांग्रेस इतर समूहको बैठक आज, १५ औँ महाधिवेशनको छुट्टै तालिका ल्याउने
भदौ १७, २०८३
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको ‘१५ औं केन्द्रीय महाधिवेशन…


