प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । प्रधानमन्त्री केपी ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको हो ।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा।रमेशसिंह भण्डारी प्राडा अरुण सायमीको टोलीले शल्यक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । शल्यक्रियापछि अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । साभार रेडियो नेपाल
जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह
२०८३ कार्तिक १२, बिहीबार ४:४७ गते
काठमाण्डौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी,…


