रवि लामिछानेविरुद्ध शालिकरामकी श्रीमतीको किटानी जाहेरी
काठमाडौं, भदौं १
पत्रकार रवि लामिछानेविरुद्ध आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले उजुरी दिएकी हुन् ।
जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध उनले काठमाडौं प्रहरीसमक्ष किटानी जाहेरी दिएकी हुन् ।
आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध हदैसम्मको कारबाही माग्दै जाहेरी दिएकी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
उनको जाहेरी रुजु गरेर जिल्ला प्रहरी कार्यालय चितवन पठाईएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
पतिको तेह्र दिनको काजकिरिया सकाएपछि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर उनले जाहेरी दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले अहिले लामिछानेसहित तीनै जनाविरूद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको समय पाएको छ ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


