नव निर्वाचित राष्ट्रिय सभा सदस्य घिमिरेलाई शिवराजमा स्वागत ।।
दिपक के.सी.
कपिलवस्तु माघ १०
कपिलवस्तुको शिवराज नगरपालिका नेकपा नगर कमिटिले शुक्रबार राष्ट्रिय सभा सदस्य विमला घिमिरेलाई स्वागत गरेको छ । नगर पार्टि कार्यालयमा घिमिरेलाई स्वागत गरिएको हो । विहिबार भएको राष्ट्रिय सभाको निर्वाचनमा कपिलवस्तुबाट निर्वाचित हुनु भएकी घिमिरेलाई नेकपा शिवराज नगर कमिटि अध्यक्ष दिनेश पुनले माला खादा ओढाई स्वागत तथा सम्मान गर्नु भएको हो ।
स्वागत कार्यक्रममा बोल्दै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य घिमिरेले पार्टिले आफुलाई जिम्मेवारी थप गरिदिएको बताउनु भयो । यो जित आफ्नो व्यक्तिगत जित नभई सिंगो पार्टिको जित भएको बताउदै आफुले थप जिम्मेवारी पाएकोले यो जिम्मेवारीलाई पूर्ण कतव्र्य निष्ट भएर पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । जिल्लामा विकास निर्माण देखि अन्य क्षेत्रमा समेत बाकी रहेका कामहरुलाई आफ्नो कार्यकालमा पुरा गर्ने ढृढता लिएको उहाँले बताउनु भयो । राष्ट्र र राष्ट्रि नेपाल सरकार र पार्टिले अगाडी सारेका कुरामा आफ्नो ठाँउबाट सफल पार्न लागी पर्ने साथै जिल्लाको समग्र विकासका लागी आफु लागी पर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष झविलाल पोखेरल, इन्चार्ज गिरीधारीलाल न्योपाने, प्रदेश सभा सदस्य अर्जुन कुमार के।सी। शिवराज नगर प्रमुख नेत्रराज अधिकारी नेकपा शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


