दाङमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु
दाङ : दाङमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका ५ मा सडक मर्मतको क्रममा बिहीबार बिहान जेसिबी दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका १० नारायणपुरका २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो।
पर्यटकीयस्थल बंगलाचुली टावर जाने सडक मर्मतको क्रममा बिहान सवा ४ बजेतिर रा १ क ९१४ नम्बरको जेसिबी दुर्घटनामा परेको हो।
दुर्घटनामा सह–चालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए। घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर दुर्घटनामा परेको हुन सक्ने उनको भनाइ छ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam