आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना
काठमाण्डाै – देशका धेरै ठाउँको मौसम बद्ली भएकाे छ। आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन्।
वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा फाट्टफुट्टदेखि हल्का पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो।
बिहान काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि फाट्टफुट्ट पानी परेको थियो । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा आज पनि हिमपात हुने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोदेखि नै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज र भोलि पनि हिमपात हुने सम्भावना रहेको उहाँले बताउनुभयो । नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको प्रभावले देशका देशका धेरैजसो ठाउँमा चिसो बढ्ने क्रममा रहेको छ ।
काठमाण्डौको न्यूनतम तापक्रम आज नघटे पनि मौसम बद्लीएकाले चिसो महसुस भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव १ डिग्री सेल्सियस छ । मौसम बद्ली भएकाले अधिकतम तापक्रम भने आज पनि घट्ने सम्भावना छ।
पर्सि आइतवारदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौमसविद्ले बताएका छन् । यस्तै, मौसमविद्ले पर्वतारोहणमा जाँदा मौसमको अवस्थाबारे जानकारी राख्न सुझाव दिएका छन् ।
हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जानु अघि मौसमको अवस्थाबारे बुझ्न उनीहरुले सुझाव दिएका हुन् ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam