माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडौं : काठमाडौंको माइतीघरमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७ ७१ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे अनियन्त्रित भई पल्टिएको हो।
मोटरसाइकलमा पछाडी सवार काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा अन्नपुर्ण न्युरो अस्पताल माइतीघरमा राति नै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय थापाथलीले जनाएको छ।
मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam