नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेकाे सङ्ख्या ९० लाख नाघ्याे
काठमाण्डाै – नेपालमा कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या ९० लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार चार सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या ९० लाख नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ९० लाख ८१ हजार ६ सय ५४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएकामा उनीहरूमध्ये ७८ लाख एक हजार पाँच सय ६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
नेपालमा अहिलेसम्म एक करोड ६८ लाख ८३ हजार एक सय ६० मात्रा खोप प्रयोग भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार नौ सय ७२ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव २९ प्रतिशत अर्थात् दुई सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६९ जना निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार पाँच सय ४५ पुगेको छ ।
यही अवधिमा पाँच जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ९४ जना पुगेको छ ।
अहिले नेपालमा सात हजार पाँच सय ३९ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ३१ जनाको आईसीयू र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ ।
जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह
२०८३ कार्तिक १२, बिहीबार ४:४७ गते
काठमाण्डौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी,…



ghanashyam