माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज बन्जाडेको दुर्घटनामा मृत्यु

काठमाडौं : नेकपा (माओवादी केन्द्र) रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

उनी सवार मोटरसाइकललाई मंगलबार राति बुटवलको जितगढीमा बसले ठक्कर दिएको थियो। लु २६ प ५८९८ नम्बरको मोटरसाइकलका चालक पाल्पा रामपुरका जितबाहादुर थापा गम्भीर घाइते भएका छन्। 

मोटसाइकललाई ना ७ ख ९०६ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका बन्जाडेको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारकको क्रममा निधन भएको हो। 

TOP