जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते

काठमाडौं : जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्‍यु भएको छ। २७ जना घाइते भएका छन्। नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।

बस राति २ बजे दुर्घटनामा परेको उनको भनाइ छ।  उनका अनुसार बसमा ३२ जना यात्रु सवार थिए। घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

TOP