अफ्रिकाबाट आउनेले नेपाल पस्न नपाउने
काठमाडौं : सरकारले अफ्रिकाबाट आउनेहरूलाई देशभित्र पस्न नदिने निर्णय गरेको छ।
कोरोना भाइरसको नयाँ प्रकार ओमिक्रोनको संक्रमण देशमा हुनबाट रोक्न नेपालले दक्षिण अफ्रिकासहित अफ्रिकाका अन्य देशबाट आउनेहरूलाई प्रवेश गर्न नदिने भएको बताइएको छ।
गृह मन्त्रालयले अफ्रिकाबाट आउनेहरूलाई देशभित्र प्रवेश गर्न नदिन आइतबार अध्यागमन विभाग, त्रिभुवन विमानस्थल र सीमा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार कूटनीतिज्ञ, सरकारी अधिकारी र आपतकालीन कामबाहेक अफ्रिकाका सबै देशका बासिन्दालाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा रोक लगाइएको छ।
गृहले अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र कामका आधारमा मात्र नेपाल प्रवेश गर्न दिने वा नदिने निर्णय गरिने जनाएको छ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam