त्रिभुवन विमानस्थलमा निःशुल्क सटल बस सेवाले यात्रुलाई सहज
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई सहज भएको छ । विमानस्थलमा ट्याक्सी चालक मिटरमा जान नमान्ने तथा भाडा महँगाे भएको यात्रुको गुनासोपछि तीन वटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालन गरिएको छ ।
विमानस्थलदेखि गोल्डेन गेट र गोल्डेन गेटदेखि विमानस्थलसम्म निःशुल्क सेवा छ । सटल बस सेवा सुरु भएपछि यात्रुका सर–सामान गोल्डेन गेटसम्म लैजान र विमानस्थलसम्म पुर्याउन सहज भएको विमानस्थलका कर्मचारी यज्ञराज भट्टले बताउनुभयो ।
विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंँका अनुसार सटल बस हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन भइरहेका छन् । सटल बस सेवाले ट्याक्सी चालकको ठगीबाट राहत पुगेको यात्रु विनोद जोशीले बताउनुभयो ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam