भर लाई विजयनगरको आर्थिक सहयोग
विजयनगर चैत २६
कोरोनाको आशंकामा आइसुलेसन वार्डमा उपचाररत गोबर्धन भरको मृत्यु पछि उनका परिवारलाई काजकृया स्वरुप विजयनगर गाउंपालिकाले २० हजार आर्थिक सहयोग प्रदान गरेको छ । मृत्यक परिवारको आर्थिक अवस्था दयनीय रहेकोेले उक्त रकम दिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनु भएको छ । विजयनगर गाउंपालिका वडा नं. २ का ३० वर्षीय गोवर्धनको भरको कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा सोमवार राती मृत्यु भयो । उनको स्वाब परिक्षण पछि उनमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भयो ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


