गाउपालिका कर्मचारीद्वारा २ लाख २८ हजार स्थानीय प्रकोप व्यवस्थापन कोषका जम्मा
राम प्रकट कोरी
चैत २६, कपिलवस्तु
विजयनगर गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुबाट कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण सम्वन्धी स्थानीय प्रकोप व्यवस्थापन कोषमा रु २ लाख २८ हजार आज जम्मा गरेको छ।
गाउँपालिकामा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहका कर्मचारीबाट मासिक तलवको ५ दिन बराबरको रकम तथा सो भन्दा तल्लो श्रेणीको कर्मचारीबाट मासिक तलवको ३ दिन बराबरको रकम स्थानीय प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले सामुदायिक रेडियो विजयनगरलाई वताउनुभयो ।
कोषमा जम्मा भएको रकम नेपाल सरकारको निर्देशन र स्थानीय प्रकोप व्यवस्थापन समितिको निर्णय अनुसार खर्च हुने अधिकृत भट्टराईले जानकारी दिनुभयो।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


