कोरोना आशकामा मृत्यु भएका परिवारलाई माहुरी होमद्धारा राहत प्रदान
राम प्रघट कोरी
चैत २८, कपिलवस्तु
कोरोनाको आशंकामा आइसुलेसन वार्डमा उपचाररत विजयनगर गाउंपालिका २ का युवाको मृत्यु पछि उनका परिवारलाई राहत प्रदान गरिएको छ । मानव अधिकारका सम्बन्धमा काम गर्ने मधेश मानव अधिकार गृह माहुरी होम सस्थाद्धारा पिडीत परिवारलाई १० हजार रुपिया प्रदान गरिएको हो । संस्थाका कार्यक्रम अधिकृत दिनेश चौधरीद्धारा उक्त रकम पिडित परिवारलाई प्रदान गरिएको बताइएको छ ।
विजयनगर गाउंपालिका वडा नं। २ का ३० वर्षीय गोवर्धन भरको कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा सोमवार राती मृत्यु भएको थियो । स्वाब परिक्षण पछि उनमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएको हो । लामो समय देखि क्षयरोगका विरामी रहेका भरको क्षय रोग र निमोनियाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


