भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं : चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ। अध्यक्ष पदको लागि चाहिने योग्यता नपुगेको भन्दै उनकाे नियुक्तिविरुद्ध रिट दर्ता भएको हो।
अध्यक्षको लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने र केसीले प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेको भन्दै उनको नियुक्तिविरुद्ध अध्यक्षका लागि आवेदन दिएका अन्य उम्मेदवारले रिट दिएका हुन्।
रिटमा साउन ९ गते मन्त्रिपरिषद्ले गरेका निर्णय खारेज गर्न माग गरिएको छ। उक्त रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने बताइएको छ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam