लुकीछिपी नेपाल प्रवेश गरेका ९८ जना क्वारेन्टाइनमा
बैशाख २७ – विजयनगर
भारत बाट कपिलवस्तुको विजयगर गाउँपालिकामा लुकीछिपी आएका ९८ जना नागरिकलाई शनिवार क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबै भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायतको विभिन्न ठाउँबाट लुकीछिपी आएका हुन् । उनीहरुकाे लागि गाउपालिकाले ५ वटा क्वारेन्टाइन बनाई व्यवस्थापन गरेेेेकाे छ ।
विदेश र गाउँपालिका बाहिरबाट आएका सबैलाई उचित व्यवस्थापनसँगै तत्कालै क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयाे । यसरी लुकीछिपी आउने गरेकोले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने थापाले बताउनुभयो ।
हाल विजयनगरको क्वारेन्टाइनमा जम्मा १ सय ६३ जना रहेका छन् । जसमध्ये ३२ जना महिला रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


