आरडिटि पोजेटिभ भएका १०१ जनाको स्वाब नमुना संकलन
कपिलवस्तु
कृष्णनगर नगरपालिका भित्रका आरडिटि पोजेटिभ भएका १०१ जनाको स्वाब नमुना संकलन गरिएको छ ।
कृष्णनगर नगरपालिका भित्र रहेको क्वारेन्टाईनमा मानिसहरूको आरडिटि चेकजाच गर्दा १ सय १ जनाको रिपोर्ट पोजेटिभ आए पछि आज पिसिआर चेकजाचको लागी स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख अनिल विश्वकर्माले जनाएका छन । विश्वकर्माका अनुसार आरडिटि पोजेटिभ भएको १ सय १ जना र अन्य ६८ जना गरि कुल १ सय ६९ जनाको स्वाब संकलन गरि चेकजाचको लागि पठाईएको छ ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


