विजयनगरकाे ६ नं वडाद्धारा बाल क्लबका समुहलाई खेलकूद सामग्री प्रदान
राम प्रघट कोरी
आसाढ १४ – विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा बाल क्लबका समुहहरुलाई खेलकूद सामग्री प्रदान गरिएको छ । गाउँपालिकाको वडा नं. ६ भित्र रहेको ३ ओटा बाल क्लबहरुलाई खेलकूद सामग्री आइतवार वितरण गरिएको हो ।
वडाभित्र सक्रिय रहेका गौतम बुद्ध खुरुहुरियाका अध्यक्ष अबदुल्ला कुजडा, क्षितिज बद्धौरका अध्यक्ष सुलभ चापागाई र लाली गुरास प्रेमनगरका बाल क्लबका अध्यक्ष पवन श्रेष्ठलाई प्रदान गरिएको वडाध्यक्ष प्रेम बहादुर कलावारले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले लिएका लक्ष्य ‘एक वडा, एक खेल मैदान’ नीति अनुसार खेलकूद क्षेत्रमा प्रोत्साहन गर्ने उद्धेश्यले उक्त सामग्री वितरण गरेका बताउनुभयो । उनीहरुमा खेलकूद जगतमा थप उर्जा मिल्नुको साथै गाउँपालिकालाई खेलकूद क्षेत्रमय बनाउन महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्यक्रम अन्तर्गत यस वडा भित्रका सञ्चालित बाल क्लबहरुलाई भलिबल, रिङ, कक, स्किपिङ डोरी, ब्याड मिन्टन, ब्याड स्ट्याम्प लगायत सामग्री वितरण गरेको वडा सचिव प्रभुनाथ यादवले बताउनुभयो ।
जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह
२०८३ कार्तिक १२, बिहीबार ४:४७ गते
काठमाण्डौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी,…


