एसीसीले यू-१९ महिला टी-२० एसिया कप आयोजना गर्ने
काठमाडौं : एसियाली क्रिकेट परिषद (एसीसी)ले, महिला अन्डर नाइन्टिन टी–ट्वान्टी एसिया कप आयोजना गर्ने भएको छ।
मलेसियाको क्वालालाम्पुरमा बसेको एसीसीको कार्यसमिति बैठकले प्रतियोगिताको घोषणा गरेको हो। अन्डर नाइन्टिन विश्वकपअघि, एसिया कप आयोजना हुनेछ। युवा महिला खेलाडीलाई पर्याप्त अन्तर्राष्ट्रिय अनुभवको अवसर दिन एसिया कपको सुरुवात गर्ने निर्णय गरिएको एसीसीका अध्यक्ष जय साहले बताए।
यो निर्णयले भविष्यमा एसियाली महिला क्रिकेटमा महत्वपूर्ण प्रभाव पार्ने एसीसीको विश्वास छ।
एसीसीले पहिलो पटक युवा महिला क्रिकेटरका लागि प्रतियोगिता अघि सारेको हो। यसले लैगिंक समानतामा पनि महतवपूर्ण योगदान पुग्ने एसीसीको विश्वास छ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam