ग्वार्डिओला थप एक वर्ष सिटीमै रहने

एजेन्सी

काठमाडौं : प्रशिक्षक पेप ग्वार्डि‌ओलाले म्यानचेस्टर सिटीका लागि थप एक वर्ष सम्झौता गरेका छन्।

सिटी र ग्वार्डि‌ओलाबीच २०२६ सम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर भएको हो। २०२२ मा ग्वार्डि‌ओला र क्लब बीच भएको सम्झौता यो सिजनको अन्त्यमा समाप्त हुने थियो।

२०१६ मा क्लबमा आबद्ध भएका ५३ वर्षीय ग्वार्डि‌ओलाले सिटीलाई तीन वटा फिफा क्लब विश्वकप र चार लिग कपसहित ६ लिग उपाधि, दुई एफए कप र एक पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन्।

उनले २००८ देखि २०१२ सम्म बार्सिलोनाको प्रशिक्षकको रुपमा काम गरेका थिए। उनले तीन वर्ष जर्मन क्लब बायर्न म्युनिखको जिम्मेवारी सम्हालेका थिए।

TOP