रामजानकी विवाह महोत्सव : आज मटकोर विधि
काठमाडौैं : रामजानकी विवाह महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिँदैछ। जनकपुरधामको गंगासागर पोखरीमा रामजानकी विवाहको पूर्व सन्ध्यामा मटकोर गराइनेछ।
जानकी मन्दिरबाट बालबालिकालाई सीतारामको पहिरनमा सजाई बाजागाजासहित गंगासागर पुगेर मटकोर विधि गराउने परम्परा छ। जानकी मन्दिरबाट निस्किने जानकीको डोलासहित श्रद्धालुहरूले गंगासागरबाट माटो खनेर लग्ने गर्छन्। यही माटोबाट विवाहको वेदी निर्माण गरिन्छ। यही वेदीमा पञ्चमीका दिन राम-सीताको विवाह हुनेछ।
विवाह सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदा गर्दै विधिवत् रूपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ। त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
भारतको अयोध्याबाट यो पटक ५०० को संख्यामा साधुसन्त, महन्थ, योगी, सन्न्यासी, व्यापारी, बुद्धिजीवी तथा अन्य क्षेत्रका व्यक्ति जन्तीका रूपमा आएका छन् । भारतको सीमावर्ती क्षेत्र र नेपालका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु रामजानकी विवाह महोत्सवमा सहभागी हुँदै आएका छन्।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam