सुदुरपश्चिम रोयल्सको अपराजित यात्रामा चितवन राइनोजको रोक
काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन राइनोजले सुदुरपश्चिम रोयल्सको अपराजित यात्रा रोकिदिएको छ। चितवनले सुदुरपश्चिमलाई ३३ रनले पराजित गरेको हो.
टस जितेर पहिले ब्याटिङमा उत्रेको चितवनले पाँच विकेट गुमाएर १६४ रन बनाएको थियो। चितवनका लागि हसन एइसाखिल ६५, रवि बोपरा ३६, विपिन रावल १७, कप्तान कुशल मल्ल १३, सन्तोष कार्की नौ रनको योगदान दिए भने अमर रौटेल ६ र जन निकल लफ्टी इटन २ रनमा अविजित रहे।
सुदुरपश्चिमका लागि स्कट कुगेलेइन दुई, कप्तान दिपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन, सेफ जेवले समान एक विकेट लिए।
जितका लागि मैदानमा उत्रिएको सुदुरपश्चिमले सबै विकेट गुमाउँदै १३१ रन बनायो। सुदुर पश्चिमका लागि लागि इसान पाण्डे ३५, सैफ जेव १८, स्कट कुगेलेइन १६, म्याकमुलेन १३ , दिलप्रित बाज्वा १२ , विनोद भण्डारी र नरेर साउद १०, नरेश बुढायर पाँच , आरिफ शेख चार, कप्तान दिपेन्द्रसिंह ऐरी एक रन बनाए।
चितवनका लागि कप्तान कुशल मल्ल, निकोल लोफ्टी-इटन, अमर रौटेला र रिजन ढकालले समान दुई दुई विकेट लिए। रञ्जित कुमार र सोहेल तान्विरले एक एक विकेट लिए।
सुदुरपश्चिमले विराटनगर किंग्स, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो। चितवनले यसअघि काठमाडौं गुर्खाज र पोखरालाई हराएको थियो भने कर्णाली विरुद्धको खेलमा भने पराजित भएको थियो।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam