कर्णाली याक्सले दियो लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको छ। कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधिक ४४ रन जोडे भने अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाए। यस्तै चाडविक वाल्टन १३ र अन्य खेलाडी भने दोहोरो अंक जोड्न सकेनन्।
लुम्बिनीका लागि वकास आग्रीले ३ तिलक भण्डारीले २ विकेट लिए । रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १-१ विकेट लिए।
लुम्बिनी प्लेअपबाट बाहिरिएको टिम हो भने पाँचमध्ये तीन खेल जितेको कर्णाली लिग तालिकाको चौथो स्थानमा छ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam