सन्दीप लामिछानेले लिए विराटनगरका लागि तीन विकेट

काठमाडौं : विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले काठमाडौं गुर्खाजविरुद्ध तीन विकेट लिएका छन्। लामिछानेले जेरार्ड एरासमस, माइकल लेभिट र रसिद खानलाई आउट गरेका हुन्।

लामिछानेले २ ओभर चल्दै गर्दा दुई विकेट लिए भने १० औँ ओभरमा अर्को विकेट लिएका हुन्।

विराटनगरले दिएको १ सय १८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको काठमाडौंले ६ विकेट गुमाएर अहिले ७८ रन बनाएको छ। ।

TOP