भोजपुरमा स्कर्पियो दुर्घटना हुँदा १० जना घाइते, २ को अवस्था गम्भीर
भोजपुर : पर्यटकीय स्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना भएको छ।
भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना भएको हो।
चालक सहित १० जना सवार उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो।
घाइते हुनेमा इलामको माङ्सेबुङ गाउँपालिका(६ का नवीनकुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोही स्थानकी मेनुका घले छन्। यस्तै, भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, जुनुका राई र रामकुमार राई, झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले र देवीकला घले, सुनसरीको धरान उपमहानगरपालिका–२ कि ईहायाराना सुब्बा र धरान–८ का चालक सुदीप लिम्बू घाइते भएका छन्।
घाइतेमध्ये झम्कबहादुर घले र देवीकला घलेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam