भारतमा जारी करातेमा नेपालका दशवर्षे सिद्धार्थले जिते पहिलो स्वर्ण
महाराष्ट्रको पुणेमा जारी अन्तरराष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ। उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो।
१० वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका हुन्। भारतीय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा बंगलादेश, श्रीलंकालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् ।
प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन्। प्रतियोगितामा नेपालका तर्फबाट महिला तथा पुरूष गरी १८ जना खेलाडी सहभागी छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam