आजपा नेता यादव भारतीय नेताहरूसँगको भेटघाटमा व्यस्त
आमजनता पार्टी आजपाका स्थायी कमिटी सदस्य विजय यादव निर्विज र भारत प्रदेश राज्य गुजरातको ग्रामीण विकास, श्रम र रोजगार कैबिनेट मन्त्री बलवंतसिंह राजपूतबीच शिष्टाचार भेटघाट भएको छ।
गुजरातको राजधानी गुजरातस्थित मन्त्रीको कार्यालय भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकास सम्बन्धलाई प्रगाढ बनाउनुको साथै गुजरातमा रहेका नेपाली श्रमिकको सम्मान र सुरक्षाको विषयमा सहयोग लगायतका विषयमा कुराकानी भएको थियो।
भेटघाटमा सहभागी आम उद्योग वाणिज्य संघका अध्यक्ष साजन जयसवालले बताए। भेटघाटमा ग्रामीण विकास, श्रम र रोजगार कैबिनेट मन्त्री बलवंतसिंह राजपूतले नेपालका पूर्वमन्त्री प्रभु साहको नेतृत्वको आमजनता पार्टीले अपनाएको विचारधाराको सराहना गर्दै निकट भविष्यमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता गरे।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam