यू–१९ महिला विश्वकप : अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको चुनौती
काठमाडौं : आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेपालसामू जितका लागि १ सय ४० रनको चुनौती दिएको छ ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको हो । उसका लागि काओमी ब्रेले सर्वाधिका ४५ रनको योगदान गरिन्। इलेनोर लारोसाले ३१ रन बनाउँदा हसरत गिल ३० रनमा अविजित रहिन्।
नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् भने सिमाना केसीले २ र रिया शर्माले एक विकेट खसालिन्। नेपालले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।
नेपाललाई सुपरसिक्समा पुग्न अष्ट्रेलियाविरुद्ध फराकिलो जित आवश्यक छ। नेपाल रहेको समूह डिमा अष्ट्रेलिया अपराजित टिम हो । उसले यसअघिका दुबै खेल जितेको छ । नेपालले भने यसअघि खेलेका दुबै खेल हारेको छ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam