यू–१९ महिला विश्वकप : अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको चुनौती

काठमाडौं : आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेपालसामू जितका लागि १ सय ४० रनको चुनौती दिएको छ ।

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको हो । उसका लागि काओमी ब्रेले सर्वाधिका ४५ रनको योगदान गरिन्। इलेनोर लारोसाले ३१ रन बनाउँदा हसरत गिल ३० रनमा अविजित रहिन्।

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् भने सिमाना केसीले २ र रिया शर्माले एक विकेट खसालिन्। नेपालले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।

नेपाललाई सुपरसिक्समा पुग्न अष्ट्रेलियाविरुद्ध फराकिलो जित आवश्यक छ। नेपाल रहेको समूह डिमा अष्ट्रेलिया अपराजित टिम हो । उसले यसअघिका दुबै खेल जितेको छ । नेपालले भने यसअघि खेलेका दुबै खेल हारेको छ।

TOP