पूजा महतोको अर्धशतकले नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य
काठमाडौं : त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तर्गत आज जारी खेलमा पूजा महतोको अविजित ६२ रनको मद्दतले नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ। नेपालले पूरा ओभर खेल्दै ४ विकेट गुमाएर १४५ रन बनायो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलिकी कप्तान इन्दु वर्माले टस जितेर पहिला ब्याटिङको निर्णय लिएकी थिइन्। नेपालका लागि महतोको ६२ रन सँगै वर्माले ३९, रुविना क्षेत्रीले २०, सम्झना खड्का ६, ममता चौधरी १ र कविता जोशी ७ रनमा अविजित रहिन्।
नेपाल पहिलो जितको खोजिमा रहेको छ। यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam